Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२५ असार २०८१, सोमबार १७:३०
पढ्न लाग्ने समय :

अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराउने ३ जना पक्राउ

काठमाडौं, २४ असार । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  जुम्लाको चन्दननाथ-८ घर भई हाल  तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल – जुम्लाको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर-४ घर भई हाल  तारकेश्वर बस्‍ने  सुरेश अधिकारी रहेका छन् ।

उनीहरूलाई प्रहरी गोंगबु एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो ।

एसपी अधिकारीका अनुसार असार १५ गते  राति साढे ९ बजे गोंगबुबाट  हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरूङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेका थिए । तर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्