अमेरिकाको हडसन नदीमा हेलिकोप्टर खस्दा एकै घरका ५ जनाको मृत्यु

एजेन्सी, चैत्र २९ । अमेरिकाको न्यूयोर्क शहर स्थित हडसन नदीमा एक हेलिकोप्टर खसेको छ । दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ६ यात्रुको मृत्यु भएको छ । हेलिकोप्टरमा पर्यटकहरूको एक परिवार सवार थियो ।
मृतकहरूमा तीन बच्चासमेत रहेका छन् । न्युओर्क शहरका मेयर एरिक एडम्सका अनुसार पाँच जनाको यो परिवार स्पेनबाट आएको थियो । ज्यान गुमाउने मध्यका छैटौं व्यक्ती हेलीकोप्टर चालक हुन । बाहिर आएको भिडियो फुटेज अनुसार हेलिकोप्टर आकाशबाट उल्टो फर्किएर हडसन नदीमा खस्दै गरेको देखिन्छ । हेलिकोप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो ।।