Dangsanchar
८ चैत्र २०८१, शनिबार
१२ भाद्र २०८१, बुधबार १६:४०
पढ्न लाग्ने समय :

अमेरिकामा एकजना नेपाली विद्यार्थीको गोली


काठमाडौं, १२ भदौ । अमेरिकामा एकजना नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो। न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबार नेप्योर्कका अनुसार मुना भोजपुरकी हुनुहुन्छ । शनिबारदेखि सम्पर्कविहीन रहेको उहाँ सोमबार आफ्नै घरमा मृत भेटिनुभएको हो । होस्टन प्रहरीले उहाँको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको छ।

नेप्योर्कले काठमाडौंमा रहनुभएको मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको छ। उहाँले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताउनुभएको छ । आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताउनुभएको छ । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका जानुभएको थियो। मुनाको शव पोस्टमर्टम गरी होस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्