चैत्र १४, २०८१
पढ्न लाग्ने समय :

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते

अर्घाखाँची, चैत १४ ।  अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षकी उमा न्यौपाने, उहाँकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने अन्दाजी ४५ वर्षीय गाडी चालक मदन कुमार बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सुपादेउराली मन्दिर दर्शन गरी नवलपरासीको लागि जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस अर्घाखाचीको शितगंगा नगरपालिका–२ सितापुरको भुवनपाटामा अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्