Dangsanchar
८ चैत्र २०८१, शनिबार
३ जेष्ठ २०८१, बिहीबार ०९:०३
पढ्न लाग्ने समय :

आज पहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ,  जेठ ३ । आज पनि दिउँसोपख पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशी प्रदेशका पहाडी भेगका केही ठाउँका साथै बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पनि कोशी,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । देशमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । सोमवारदेखि पानी पर्ने क्रम केही घटेपछि गर्मी बढेको छ ।।

प्रतिक्रिया दिनुहोस्