बैशाख १०, २०८१
पढ्न लाग्ने समय :

आज सुनको भाउ एक हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१० बैशाख । आज सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार १ सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्