आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौं, माघ १० । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको भाउ एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुनको भाउ एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको थियो ।
यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ९५ रुपैयाँ रहेको थियो ।।