Dangsanchar
८ चैत्र २०८१, शनिबार
१४ जेष्ठ २०८१, सोमबार १२:४९
पढ्न लाग्ने समय :

आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१४ जेठ । आज सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार नौ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्