Dangsanchar
४ चैत्र २०८१, मंगलवार
९ बैशाख २०८१, आईतवार १८:२५
पढ्न लाग्ने समय :

एसीसी प्रिमियर कप फाइनल – कप्तान वसीमकाे शतकमा ओमानलाई यूएईले दियाे २ सय ५ रनकाे लक्ष्य

काठमाण्डाै, ९  बैशाख । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईले घरेलु टोली ओमानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
अल अमिरातमा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । यूएईका कप्तान मुहम्मद वसीमले शतक बनाए । वसीमले ५६ बलमा ७ छक्का र ६ चौकासहित सय रन बनाएर आउट भए । यस्तै आसिफ खानले १६ बलमा नट आउट ३८ रन बनाए ।
अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई ६ विकेटले हराउँदै यूएई तथा हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप क्रिकेट खेल्न पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्ग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।
यस्तै एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि हिजो भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको थियो । हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टिम्स एशिया कपको यात्रा पनि टुङ्गिएको छ । हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ । प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोलीले इमर्जिङ कप खेल्न पाउनेछन् ।।

प्रतिक्रिया दिनुहोस्