Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१७ बैशाख २०८१, सोमबार १९:३७
पढ्न लाग्ने समय :

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं, १७ बैशा। कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्कीबाट २ जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–११ फूलबारीका ३९ वर्षीय नारायण बाँस्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बाँस्तोला छन् ।
उनीहरूले आइतबार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोप छ ।
उनीहरूबाट प्रहरीले ८ थान उत्तरपुस्तिका र ३ थान मोबाइल बरामद गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्