काठमाण्डौमा स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यु

काठमाण्डौ, १ बैशाख । काठमाण्डौमा आज स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
दुर्घटनामा स्कुटर चालक काठमाण्डौ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।।