फाल्गुन २९, २०८१
पढ्न लाग्ने समय :

कुटपिटबाट १ जनाको मृत्यु

काठमाण्डौ, फागुन २९ । कालीकोटको खाँडाचक्र नगरपालिका – १० चौकीमा भएको कुटपिटबाट एक जनाको ज्यान गएको छ । गएराति हस्तबहादुर मल्लको घरको विशेष पूजा (पछेटा) गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको र १६ वर्षीय भूपेन्द्र शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा खाँडाचक्र – ९ का विवेक मल्ल र दीपेन्द्र मल्ललाई पक्राउ गरेको छ । त्यस्तै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको रावतले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्