Dangsanchar
८ चैत्र २०८१, शनिबार
९ असार २०८१, शनिबार १३:२६
पढ्न लाग्ने समय :

जङ्गली च्याउ खाएर एकजनाको मृत्यु – ४ जना बिरामी

दमौली तनहुँ, ८ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ ।
आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

च्याउ खाएर बिरामी गुरुङको चितवन अस्पतालमा उपचार भइरहेको क्रममा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्