जथाभावी टिप्पर गुडाउँदा पाँच जनाको मृत्यु

काठमाडौं, ११ चैत । भारतको राजस्थानमा मानिसको एक समूहमाथि टिप्पर कुदाउँदा पाँच जनाको ज्यान गएको छ । राजस्थानको झालावर जिल्लाको भवानी मण्डीको पगरिया प्रहरी चौकी परिसरमा जथाभावी टिप्पर चलाउँदा पाँच जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
अस्ति शुक्रबार राति एउटै गाउँका दुई पक्षबीच झगडा भएको थियो । झगडापछि प्रहरी चौकीमा उजुरीको लागि जाँदै गरेका व्यक्तिमाथि अर्को समूहका व्यक्तिले टिप्पर चलाएको प्रहरीले जनाएको छ । मानिसमाथि टिप्पर गुडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको भने अन्यको खोजी भइरहेको छ ।