जलेको अवस्थामा १ जनाको शव भेटियो
कञ्चनपुर, बैशाख ९ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ । बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव नजिकै तोरीको भुसामा रानाको मोटरसाइकल पनि जलेको भेटिएको छ । रानाले भैँसीपालन र दुग्ध व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभएको छ ।

