Dangsanchar
८ चैत्र २०८१, शनिबार
३ बैशाख २०८१, सोमबार ०९:२१
पढ्न लाग्ने समय :

जातीय विभेदको आरोपमा गाउँपालिकाका उपाध्यक्ष पक्राउ


झापा, ३ बैशाख ।  जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिनुभएको थियो ।
सोही जाहेरीका आधारमा पूर्वउपाध्यक्ष गिरीलाई शनिवार साँझ बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो । पक्राउ परेका गिरीलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्