असार १, २०८१
पढ्न लाग्ने समय :

जावलाखेलमा श्रिमान-श्रीमतीको मृत्यु

काठमाडौं, १ असार । जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

चिकित्सकले दुवै जनालाई ९:२७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू नवविवाहित जोडी हुन् ।।

प्रतिक्रिया दिनुहोस्