फाल्गुन २१, २०८१
पढ्न लाग्ने समय :

जीप दुर्घटनाबाट २ जनाको मृत्यु

पर्वत, फागुन २१ । पर्वतको बिहादी गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको मृत्यु भएको कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ गुडिरहेको लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्