Dangsanchar
८ चैत्र २०८१, शनिबार
२६ चैत्र २०८०, सोमबार ०८:१६
पढ्न लाग्ने समय :

टी–२० क्रिकेट शृङ्खलाको उपाधि नेपालले जित्यो

काठमाण्डौ, २६ चैत । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराएको हो । नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्यो । यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाउनुभयो । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाउनुभयो । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाउनुभयो । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्