ट्र्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु

अछाम, १२ चैत । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।
षोडशाबाट साँफेबगरतर्फ जादै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै आज दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएको प्रहरी निरीक्षक साउदले बताउनुभयो । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।।