बैशाख ९, २०८१
पढ्न लाग्ने समय :

डुङ्गा डुबेर ५८ जनाको मृत्यु – सयौंजना वेपत्ता

काठमाडौं, ९ बैशाख ।  मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा नदीमा डुङ्गा पल्टिँदा ५८ जनाको मृत्यु भएको छ भने अरू धेरै मानिस वेपत्ता भएका छन् । प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार डुङ्गामा तीन सय जनाभन्दा धेरै मानिस सवार रहेको देखिन्छ ।
डुङ्गा मपोको नदीमा पल्टिएको समाचार संस्था एएफपीले जनाएको छ । ५८ जनाको शव समुद्रबाट निकालेको कति मानिस हराएका छन् भन्ने एकिन नभएको र खोजी तथा उद्वारको काम भैरहेको बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्