Dangsanchar
८ चैत्र २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार ०८:४०
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा चालकको मृत्यु


तुलसीपुर, २९ बैशाख ।
दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया दिनुहोस्