फाल्गुन २७, २०८१
पढ्न लाग्ने समय :

तुलसीपुर महोत्सवबाट मजदुरहरु ठगिए, ठेकेदारलाई सिकाएर पञ्छिने दाउमा चेम्बर

तुलसीपुर, फागुन २७ ।  दाङको तुलसीपुरमा सञ्चालन भएको महोत्सवबाट मजदुरहरु ठगिएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा यही फागुन १ गते देखी १७ गतेसम्म सञ्चालन भएको दोस्रो तुलसीपुर महोत्सव २०८१ मा स्टल बनाउने काम गरेका मजदुरहरु ठगिएका हुन् । तुलसीपुर चेम्बर अफ कमर्शले १० जना मजदुरको झण्डै साढे ३२ लाख रुपैयाँ दिन बाकी रहेको पिडितहरुले आज रिपोटर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सबैभन्दा धेरै रकम ठगिएका पिडित गणेश प्रसाद पन्थीले आफ्नो मात्रै १५ लाख रुपैयाँ पाउन बाकी रहेको बताउनुभयो । कपिलवस्तुको शिवराज नगरपालिका–५ का पन्थीले महोत्सवमा झण्डै ५ सय ३६ वटा स्टल निर्माणलगाएतको गरी १६ लाख रुपैयाँमा सम्झौता भएपनी १ लाख मात्रै पाएको बताउनुभयो । अन्य १५ लाख रुपैया नपाएपछी दिलाइदिनका लागी प्रहरी प्रशासनमा धाएपनी कुनै सुनुवाई नभएपछी बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरेको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।

उहाको १५ लाखसहित उहाँ जस्ता १० जनाले प्रतिव्यक्ती २० हजारदेखी ४/५ लाखसम्म पाउन बाकी छ । पहिले महोत्सव नसकिदै सबै रकम दिने सहमती भएपनी अहिले महोत्सव सकिएको १० दिन बितिसक्दासमेत आफुहरुले पैसा नपाएको पिडितहरुको गुनासो छ । महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषीराज भण्डारीले पनि यस बिषयमा गैरजिम्मेवार अभिव्यक्ती दिएको उनीहरुले बताएका छन् । तुलसीपुर उप–महानगरपालिकाबाट चेम्बरले महोत्सव सञ्चालनका लागी अनुमती पाएपनी बिचमा विभिन्न ठेकेदारको कब्जामा महोत्सव गएपछी अहिले मजदुरहरुको बिचल्ली हुने अवस्था आएको हो ।  चेम्बरले अन्य ठेकेदारलाई महोत्सव ठेक्कामा दिएकाले कामदारहरुले ठेकेदारसँग नै सम्झौता गरेका थिए । तर, अहिले ठेकेदार सम्पर्कबिहिन भएपछी कामदारहरु अन्योलमा परेका छन् ।

बाहिर जिल्ला काठमाडौं र सुर्खेतका ठेकेदार भरत वली र घनश्याम श्रेष्ठ अहिले सम्पर्कबिहिन भएपछी ठेकेदारसँग समन्वय गराइदिन आग्रह गर्दा चेम्बरका अध्यक्षले कुनै वास्ता नगरेको पिडित पक्षले गुनासो गरेका छन् । आफुहरुले पैसा नपाउनुमा महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्शकै ठुलो भुमिका रहेको भन्दै उनीहरुले तत्काल आफ्नो पैसा उपलब्ध गराउन माग गरेका छन् । चेम्बरले चाहेमा आफुहरुले पैसा पाउने सम्भावना रहेको भन्दै उनीहरुले चेम्बरका अध्यक्ष श्रीषीराज भण्डारीले यसको जिम्मा लिनुपर्ने बताएका छन् । पिडितहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनी साथ दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै रास्वपा लुम्बिनी प्रदेशका सदस्य भक्त डाँगीले तत्काल पिडितको पैसा फिर्ता गर्न माग गर्नुभएको छ । महोत्सव सञ्चालनको जिम्मा लिएको चेम्बर अफ कमर्शले ठेकेदारलाई सिकाएर आफु पन्छिने काम गरिहेको भन्दै उहाँले कुनैपनि हालतमा पिडितले पैसा पाउनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।।

प्रतिक्रिया दिनुहोस्