चैत्र १२, २०८१
पढ्न लाग्ने समय :

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

काठमाण्डौं, चैत १२ । मुग्लिन – नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक ३०-३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । आज बिहान साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा सहचालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने असुन्द्रकुमार यादव घाइते हुनुभएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी खनालले बताउनुभयो । नदीमा ट्रक डुबेको अवस्थामा रहेको र निकाल्ने प्रयास चलिरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्