दंगीशरण–६ मा ८ बर्षपछी खानेपानी आउदा स्थानिय खुसी

तुलसीपुर, २२ जेठ । पश्चिम दाङको दंगीशरण गाउँपालिका–६ मा लामो समयपछी खानेपानी सञ्चालनमा आएको छ । विगत ८ बर्षदेखीको योजनाले अहिले पुर्णता पाएपछी स्थानियहरु खुसी भएका छन् । विगतमा खानेपानीको एकदमै समस्या भएको वडा नम्बर ६ मा अहिले खानेपानी आएपनि धेरै सहज भएको स्थानिय लिला बहादुर भण्डारीले बताउनुभयो । खानेपानी देखी सरसफाई लगाएतमा पानी नहुदा टाँढाको खोलामा जानुपर्ने बाध्यता थियो । अन्य समयमा पानीको खासै समस्या नभएपनि गर्मीयामका फागुन, चैत, बैशाख र जेठमा पानीको धेरै समस्या हुने गरेको थियो । लामो समयपछी अहिले पानी आएपछी धेरै राम्रो भएको अर्का स्थानिय रमेश आचार्यले बताउनुभयो । केही महिना अगाडी मात्रै दंगीशरण–६ का नागरिकले खानेपानिको एकदमै समस्या भएको गुनासो गरेका थिए । गत माघमा स्थानियको गुनासो र सम्बन्धित निकायको जवाफसहितको समाचार तुलसीपुर खबरबाट प्रशासन गरिएको थियो । उतीबेला वडा कार्यालय र खानेपानि डिभिजन कार्यालय दाङले फागुन अथवा चैत भित्रै जनतालाई पानी खुवाउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार नै अहिले दंगीशरण–६ का विभिन्न स्थानमा गरी ४ सय भन्दा धेरै घरमा धारा जडान भइ पानी आउन सुरु गरिसकेको छ । झन्डै २ महिना अघिदेखी धारामा पानी आउन सुरु गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टंक वलीले बताउनुभयो । अहिले दैनिक २ पटक बिहान र साँझको समयमा पानी छोड्ने गरिएको उहाँको भनाई छ । कहिलेकाँही प्राविधिक समस्याका कारण कतिपय स्थानमा पानी नआएपनि अधिकांस गाउँमा पानी आउन सुरु भएको वडाअध्यक्ष रोशनजंग शाहले बताउनुभयो । विशेषगरी वडा नम्बर ६ का थपगाउ,ँ प्रशड्डुवा राजपुर लगाएतका स्थानियलाई पानीको धेरै समस्या थियो । अहिले सहज हुदै गएको छ ।।