कार्तिक ५, २०८१
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरका बिभिन्न स्थानमा ६ दिन विद्युत सेवा अबरुद्ध हुने

तुलसीपुर, ५ कात्तिक । दाङको तुलसीपुरमा ६ दिन विद्युत सेवा अबरुद्ध हुने भएको छ । आज सोमबारदेखि कात्तिक १०गते सम्म विद्युत सेवा अबरुद्ध हुने तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ३३ केभी लाइन र ११ केभी फिडरहरुमा मर्मत गर्नुपर्ने भएकाले विहान ९ बजेदेखि साँझ ५ बजेसम्म अबरुद्ध हुने बताउनुभयो ।

फुलवारी,बाघमारे, बालापुर, मानपुर, भमके,कपुरकोटलगायतका स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । मर्मत कार्य सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने प्राधिकरणले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्