दाङको तुलसीपुरमा अटो पल्टिदा दुई जना घाइते

तुलसीपुर, फागुन १३ । दाङको तुलसीपुरमा अटो पल्टिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–७ निवासी ४८ बर्षीय चिरणजिवी गौतम र अटोमा सवार रहेकी सोही ठाउँकी १७ बर्षीया भावना कृति पराजुली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तुलसीपुरबाट गणेशपुरतर्फ जादै गरेको लु १ ह ८७८ नम्बरको अटो गणेशपुर नजिकै आज बिहान साढे ८ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अटोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।