दाङको तुलसीपुरमा अटो र ट्याक्टर ठोक्किदा १ जना गम्भिर घाइते

तुलसीपुर, फागुन २ । दाङको तुलसीपुरमा ट्याक्टर र अटो ठोक्किदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–४ हलवार निवासी ३७ बर्षीय अमित थकाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिुभयो । प्रहरीका अनुसार हलवारबाट पर्सेनीतर्फ जादै गरेको रा १ त ३९१२ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको रा १ ह ५०८३ नम्बरको अटो तुलसीपुर–७ बम्नै नजिकै गएराती साढे ९ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका अटो चालक थकालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । उनको टाउको, अनुहार र पेटमा गहिरो चोट लागेको छ । दुबै सवारी साधनसहित ट्याक्टर चालक सोही ठाउाका २८ बर्षीय सनोद चौधरीलाई नियनत्तणमा लिएको प्रहरीले जनाएको छ ।।