माघ २९, २०८१
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा आगलागीबाट एक महिलाको मृत्यु

तुलसीपुर, माघ २९ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ संग्राम निवासी ६४ वर्षीया इश्वरी वलीको खाना पकाउने क्रममा आगलागीबाट मृत्यु भएको छ । माघ २१ गते साँझ ७ बजे घरमा खाना पकाउने क्रममा चुलोबाट कपडामा आगो सल्किँदा पेट र घुँडाको बीचको भागमा गम्भीर रूपमा जलेकी वलीलाई उपचारका लागि चिनारी अस्पताल – तुलसीपुरमा प्रारम्भिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल – बुटवल हुँदै कीर्तिपुर अस्पताल – काठमाडौं लगिएको थियो ।

कीर्तिपुर अस्पतालमा उपचार सम्भव नभएपछि माघ २८ गते बिहान ५ बजे राप्ती प्रादेशिक अस्पताल – तुलसीपुरमा ल्याइएको थियो । उपचारकै क्रममा आज बिहान ७ः३० बजे वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो । हाल शव सोही अस्पतालमा राखिएको छ ।।

प्रतिक्रिया दिनुहोस्