असार २०, २०८१
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु


तुलसीपुर, १९ असार । दाङको तुलसीपुरमा चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बेलुका ५ बजेको समयमा स्कुलबाट आएर कोठामा पकाएको चना खाने क्रममा बालकको घाटीमा अट्किएको हो । उपचारका लागी सिटि हस्पिटल तुलसीपुरमा लगिएपनि डाक्टरले चेकजाँच गर्दा सवा ५ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव अहिले राप्ती प्रादेशकि अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।।

प्रतिक्रिया दिनुहोस्