Dangsanchar
८ चैत्र २०८१, शनिबार
८ असार २०८१, शुक्रबार २१:४४
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाइते


तुलसीपुर, ७ असार ।  दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–७ मोतिपुर निवासी ६८ वर्षीया छदया चौधरी र मोटरसाइकल चालक तुलसीपुर–५ का ५८ वर्षीय ओमराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ५ प ९४६१ नम्बरको मोटरसाइकलले मोतिपुरमा पैदल हिडिरहेकी चौधरीलाई आज साँझ साढे ७ बजेको समयमा ठक्कर दिएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।।

प्रतिक्रिया दिनुहोस्