Dangsanchar
८ चैत्र २०८१, शनिबार
३२ श्रावण २०८१, शुक्रबार १८:४६
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा सर्पको टोकाईबाट एक बालक गम्भिर बिरामी

तुलसीपुर, ३२ श्रावन ।  दाङको तुलसीपुरमा सर्पको टोकाईबाट एक बालक गम्भिर विरामी भएका छन् । सर्पको टोकाईबाट तुलसीपुर–१७ बेल्झुण्डी निवासी होमा घर्तीका १२ वर्षीय छोरा अग्नि घर्ती गम्भिर विरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ९ बजेको समयमा घरमै सुतिरहेको अवस्थामा बालकलाई नाम नखुलेको विषालु सर्पले टोकेको हो । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्