पुस ५, २०८१
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा आमाछोरा घाइते

तुलसीपुर, पौष ५ ।  दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुदा आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४० बर्षीया माया भण्डारी र स्कुटि चालक उहाँकै छोरा १८ बर्षीय अनुराग भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट सल्यानतर्फ जादै गरेका ल.प्र ०२–००१ ७३६२ नम्बरको स्कुटी तुलसीपुर–३ सिरखोला नजिकै आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका आमाछोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस्