दाङको तुलसीपुर खानेपानी निर्वाचन – २३२ मतको अन्तरले भण्डारी अगाडि

तुलसीपुर, चैत्र ३ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलले सुरु देखि अग्रता कायम गरेको छ । बिहान साढे १० बजेसम्मको मतपरिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले २३२ मतको फरकले अग्रता लिनुभएको छ । भण्डारले मतान्तर बढाउँदै लग्नु भएको छ । अहिलेससम्म २६४१ मत गणना भएको छ ।
भण्डारीले १०९० मत प्राप्त गर्दा माओवादी नेतृत्वका सीता राम शर्माले ८५८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमाले नेतृत्वका मनोज लामिछानेले ५ सय ३६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा काँग्रेसका नारायण शर्माको ११६१, एमाले नेतृत्वका लक्ष्मण केसी ७३४ र माओवादी नेतृत्वका दुर्गा प्रसाद शर्माको ४१२ मत आएको छ ।
त्यसैगरी सचिवमा रञ्जन कुमार गौतम ९९७, भुवन भुसाल ८४३, रुद्रबहादुर वलीले ३८४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा काँग्रेस नेतृत्वका भोला थापाले ११७९, सुशीला न्यौपानेको ६६६७ र कर्णबहादुर वलीको ४४९ मत आएको छ ।