चैत्र २७, २०८१
पढ्न लाग्ने समय :

दाङको दंगीशरणमा कक्षा ८ को नतिजा: सामुदायीक विद्यालयको अवस्था कमजोर

तुलसीपुर, २७ चैत । दाङको दंगीशरण गाउँपालिकामा रहेका सामुदायीक विद्यालयहरुको अवस्था कमजोर देखिएको छ । कक्षा ८ को नतिजा हेर्दा संस्थागत विद्यालयको तुलनामा सामुदायीक विद्यालयबाट थोरै विद्यार्थी मात्रै उतिर्ण भएकाले सामुदायीक विद्यालयको अवस्था कमजोर देखिएको हो । समग्रमा सामुदायीकतर्फ ५० प्रतिशत र संस्थागततर्फ ८१ प्रतिशत विद्यार्थी उतिर्ण भएको दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका सबै विद्यालयबाट २९० जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा १७५ जना मात्रै पास भएका छन् । पालिकाभरीका विद्यालयहरुको कक्षा ८ को नतिजाअनुसार संस्थागत विद्यालयअन्र्तगत दंगीशरण–७ मा रहेको श्रीगाउँ लाइफभिजन र दंगीशरण–२ मा रहेको ज्ञानोदय मावि सरुवाडाँडाका सबै विद्यार्थी उतिर्ण भएका छन् । लाइफभिजनबाट ३२ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ३२ जना नै उतिर्ण भएका छन् । ज्ञानोदयबाट १५ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा १५ जना नै उतिर्ण भएका छन् । यसैगरी दंगीशरण–३ मा रहेको गोल्डेन पाथबाट ८ जना सहभागी भएकोमा ४ जना, हिमालय एकाडेमीबाट १० जना सहभागी भएकोमा ६ जना, सदावहारबाट ११ जना सहभागी भएकोमा १० जना, दंगीशरण–६ मा रहेको विन्धवासिनीबाट ९ जना सहभागी भएकोमा २ जना मात्रै पास भएका छन् । यसैगरी दंगीशरण–५ मा रहेको सलौरा स्कुलबाट १९ जना सहभागी भएकोमा ५ जना, दंगीशरण–१ मा रहेको आधारभुत विद्यालय बाँकीबेटापुरबाट ८ जना सहभागी मध्य ४ जना, दंगीशरण–३ मा रहेको आधारभुत विद्यालय पदमपुरबाट ५ जना सहभागीमध्य २ जना, दंगीशरण–७ मा रहेको बुटनियाबाट ३३ जना सहभागी मध्य २५ जना, दंगीशरण–६ मा रहेको भानु मावि प्रसड्डुवाबाट २५ जना सहभागी मध्य ५ जना, दंगीशरण–२ मा रहेको मावि मधपुरबाट २४ जना सहभागी मध्य १९ जना, दंगीशरण–३ मा रहेको विरेन्द्र मावि हेकुलीबाट ६९ जना सहभागी मध्य ४१ जना र दंगीशरण–६ मा रहेको शिद्ध पृथ्वी जनता मावि श्रीगाउँबाट २२ जना सहभागी भएकोमा ५ जना मात्रै पास भएको दंगीशरण गाउँपालिकाले जनाएको छ । जम्मा १४ वटा विद्यालय मध्य २ वटा विद्यालयबाट मात्रै शतप्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । सबै विद्यार्थी उतिर्ण भएका विद्यालयहरुले ढुक्कका साथ नतिजा सार्वजनिक गरेका छन् भने अन्य विद्यालयहरुले नतिजा सार्वजनिक गर्न आनकानी गरिहेका छन् ।।

प्रतिक्रिया दिनुहोस्