Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२७ जेष्ठ २०८१, आईतवार १६:५१
पढ्न लाग्ने समय :

दाङको दंगीशरण–६ बागरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै

तुलसीपुर, २७ जेठ ।  दाङको दंगीशरण गाउँपालिका–६ मा निसुल्क महिला प्रजनन स्वास्थ्य शिविर हुने भएको छ । यही जेठ २८ र २९ गते प्राथामिक स्वास्थ्य केन्द्र बागरमा निसुल्क स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य केन्द्रका अध्यक्ष तथा दंगीशरण गाउँपालिका–६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार निसुल्क रुपमा पाठेघरको समस्या भएनभएको बारे शिविरमा चेकजाँच गरिने भएको छ । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यही जेठ २३ गते वडा नम्बर १ बाट सुरु भएको पाठेघरको स्कृनिङ तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविर २४ र २५ गते हेकुली स्वास्थ्य चौकीमा भएको थियो भने २८ र २९ गते बागर स्वास्थ्य चौकीमा हुन लागेको हो ।।

प्रतिक्रिया दिनुहोस्