असार १५, २०८१
पढ्न लाग्ने समय :

दाङको दीपज्योति आ.वि. घोरनेटीमा साढे २० हजार बराबरको अक्ष्यकोष स्थापना

तुलसीपुर, १४ असार ।  दाङको तुलसीपुर–४ मा रहेको दीपज्योति आधारभुत विद्यालय घोरनेटीमा साढे २० हजार बराबरको अक्ष्यकोष स्थापना गरिएको छ । स्थानिय पुर्ण बहादुर केसीले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना स्व. हजुरबुबा मेघराज केसी, स्व. हजुरआमा भिमादेवी केसीको स्मृतिमा आज २० हजार ५ सय ५५ रुपैयाँको अक्ष्यकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक मान बहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुर्ण बहादुर रोजगारीको सिलसिलामा देश बाहिर रहेकाले उहाँको बुबा पवन कुमार केसी, आमा चित्रा केसी र श्रीमती गिता वली केसीले सो अक्ष्यकोष वाफतको नगत रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क डाँगीलाई हस्तान्तरण गर्नुभएको हो । सो रकमको ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने प्रअ वलीले बताउनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्