Dangsanchar
८ चैत्र २०८१, शनिबार
२ जेष्ठ २०८१, बुधबार ०९:१३
पढ्न लाग्ने समय :

दाङको पश्चिम बबई नदिमा डुबेर दुई दाजुभाइको मृत्यु

तुलसीपुर, २ जेठ ।  पश्चिम दाङमा बबई नदिमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदाले स्थित बबई नदी घाटमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय दिपेश परियार, १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भारतबाट फूपूको घर आएका उनीहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो भने दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार रोजगारी सिलसिलामा भारत बस्दै आएका छन् ।।

प्रतिक्रिया दिनुहोस्