असार १५, २०८१
पढ्न लाग्ने समय :

दाङको राजपुरमा कार दुर्घटना हुँदा ३ जना घाइते

दाङ, १४ असार । दाङको तुलसीपुर राजपुरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ६ का २५ बर्षिया बिजय गिरि ( चालक ) तुलसीपुर १२ बस्ने बर्ष २७ का जोयल गिरि र तुलसीपुर ११ बस्ने बर्ष २७ का कृष्ण के सि रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारि प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा १६ च १९५५ नम्बरको कार अनियंत्रित भएर दुर्घटना भएको हो । कारमा सवार ५ जना रहेको उहाँको भनाई छ । अन्य २ जनालाई केही नभएको र ३ जना घाइतेलाई भने उपचारको लागि राप्ती लाईफ केयर हस्पिटलमा लगिएको छ ।।

प्रतिक्रिया दिनुहोस्