दाङको राप्ती बबईको स्ववियु निर्वाचनमा नेविसंघका दुई प्यानल

तुलसीपुर, २७ फागुन । राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनका लागि नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ दुई चिरामा विभाजन भएको छ । स्ववियू सभापतिका लागि नेविसंघका लेखमणी खत्री (लक्ष्मण) र प्रमोद भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
नेविसंघको केहि तप्कासहित लक्ष्मणलाई अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, अनेरास्ववियु विप्लव, लगायतका विद्यार्थी सङ्गठनको समर्थन रहेको छ । नेविसंघले प्रमोद भण्डारीलाई अघि सारेको छ ।
त्यसैगरी लक्ष्मण नेतृत्वको संयुक्त प्यानलबाट सचिवमा सचिव सोनिया थापा, कोषाध्यक्षमा तिलक राज डाँगी, प्रत्यक्ष तर्फ नेव बहादुर भण्डारी, कवि सेन, प्रेम केसी, दिलीप शर्मा, अनिता खडका र तुलसीराम भण्डारीले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी समानुपातिक तर्फ हेमन्त प्रकाश वली, मनोज रावत, भद्र बहादुर खत्री, पूर्णिमा बस्नेत, जनार्दन वली, देव बहादुर वली, प्रमोद नेपाली, कमल कडेल, संकल्प बस्नेत, सुरज कुमार बुढाथोकी, राजु बिक, सुमन भण्डारी र ओद बहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।