दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

तुलसीपुर, ३१ बैशाख । दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको माण्डबी गाउँपालिका २ तिराम निवासी २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आइतबार राति घोराही उपमहानगरपालिका ३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।।