दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

तुलसीपुर, १८ असार । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङलाई मंगलबार दिउँसो खोलाको छेउमा रहेको आफ्नै खेतको आली बनाउने क्रममा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। दाङमा नियमित भएरहेको वर्षाका कारण खोलाहरुमा बाढी समेत आएको छ ।।