Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१४ जेष्ठ २०८१, सोमबार १२:४५
पढ्न लाग्ने समय :

दाङमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा


तुलसीपुर, १४ जेठ । प्राविधिक समस्याका कारण दाङसहित रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ ।
दाङको लमहीदेखि घोराहीतर्फ आउने बाटोमा प्राविधिक समस्याका कारण नेपाल टेलिकमको टेलिफोन सेवा आज विहान करिब पौने १० बजेदेखि अवरुद्ध भएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक समस्याका कारण घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित हुँदा नागरिकहरुलाई समस्या भएको छ ।
फोन नलाग्ने समस्या आएपछि टेलिकमका सेवाग्राही मर्कामा परेका छन् भने प्राविधिकको टोलीले मर्मतको काम गरिरहेको प्रमुख अधिकारीले बताउनु भयो ।।

प्रतिक्रिया दिनुहोस्