माघ २१, २०८१
पढ्न लाग्ने समय :

दाङको बबई नदिमा डुबेर एकजनाको मृत्यु

तुलसीपुर, माघ २१ ।  पश्चिम दाङमा बबई नदिमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–६ का ७८ बर्षीय कुशल खड्का रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) खिम बहादुर खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार हिजो साँझ करिब साढे ६ बजेको समयमा उनी बबई–७ स्थित बबई नदिमा मृत भेटिएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

हिजो बिहान ८ बजेको समयमा बबई गाउँपालिका–७ मा रहेको छोरीको घरमा जाने भनेर घरबाट निस्केका उनी बबई नदिमा डुबेको अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव पोष्टमार्टमपछी आज आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्