Dangsanchar
४ चैत्र २०८१, मंगलवार
३ आश्विन २०८१, बिहीबार १४:४४
पढ्न लाग्ने समय :

दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

तुलसीपुर, ३ असोज । दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–१  मदाने निवासी १९ वर्षीय यामबहादुर पुन  रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

पिडितले दिएकाे जाहेरीका आधारमा प्रहरीले युवकलाई साेमबार पक्राउ गरेर हिजाे म्याद थप गरेकाे थियाे । भदाै २२ गते राति बालिकालाई बाल्तकार गरेकाे युवक माथि आराेप लागेकाे छ । पक्राउ परेका युवक इलाका प्रहरी कार्यालय तुलसीपुरकाे हिरासतमा राखिएकाे छ ।।

प्रतिक्रिया दिनुहोस्