दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु

दाङ, फागुन २३ । दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय गणेश चौधरीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७, नयाँ बस्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकलमा रहेका ४२ वर्षीय सन्तबहादुर चौधरीलाई पक्राउ गरेको छ ।।