बैशाख ३, २०८१
पढ्न लाग्ने समय :

दाङमा लागुऔषध सहित एक महिला पक्राउ

दाङ,३ बैशाख । दाङमा लागुऔषध सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार गढवा गाउँपालिका–८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ४१ बर्षिय सुकमायाँ बुढालाई ६ किलो ८२० ग्राम चरेस सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलिले जानकारी दिनुभयो । सुकमायाँले कम्मरमा बेरेर लुकाईछिपाई भारत तर्फ लैजाँदै गरेको अवस्था  फेला पारेको र यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्