बैशाख ३, २०८२
पढ्न लाग्ने समय :

दाङमा लागु औषध सहित ४ जना पक्राउ

दाङ, बैशाख ३ । दाङमा लागु औषध सहित ४ जना पक्राउ परेका छन् ।दाङमा लागु औषध सहित ४ जना पक्राउ पक्राउ पर्नेमा रोल्पा नगरपालिका ८ निवासी २६ बर्षीय रविन घर्ती मगर, सोहि ठाउँ निवासी  २५ बर्षीय विकाश केसी, रोल्पा नगरपालिका २ निवासी २७ बर्षीय समिप रोका मगर, सोहि ठाउँ निवासी २५ बर्षीय रिमन पुन मगर  रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनिहरुलाइ हिजो घोराही उपमहानगरपालिका १९ दुईखोली स्थित प्रहरी चौकी दुईखोली र दाङबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा घोराहीबाट रोल्पा तर्फ जाँदै गरेको रा ४ प ४३५३ नं.को मोटरसाइकल र लु.प्र.०२–००१ प १३७६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले पक्राउ परेकाहरु संग लागु औषध प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम १० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा शुद्ध तौल ४ ग्राम ६ सय २० मिलिग्राम र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० मिलीग्राम लेखेको   मनोद्वीपक पदार्थ ७४ पत्ता ७ सय ४० क्याप्सुल बरामद गरेको छ । यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्