फाल्गुन २८, २०८१
पढ्न लाग्ने समय :

दाङमा २२ जना फरार प्रतिवादी पक्राउ

दाङ, फागुन २८। दाङमा २२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतले फैसला गरी फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले  उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पठाइएको डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । उहाँका अनुसार २२ जनाको कुल सजाय २ वर्ष १ महिना कैद र कुल जरिवाना रकम १७,५७८ रुपैयाँ तोकिएको बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्