दाङ तुलसीपुरको ज्ञानज्योती कलेजमा गायक प्रकाश सपुत, छमछमी नचाए विद्यार्थी

दाङ, चैत २६ । दाङको तुलसीपुरस्थित ज्ञानज्योती माध्यामिक विद्यालय (ज्ञानज्याती कलेज) का कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको आयोजनामा आज एक भब्य कार्यक्रमका बिच उनीहरुको बिदाई गरिएको हो । सो अवसरमा चर्चित गायक तथा नायक प्रकाश सपुतले विभिन्न गितहरु गाएर मनोरञ्जन दिनुभएको थियो । गायक सपुतले गित गाइरहदा दर्शक तथा विद्यार्थीहरु उफ्रि उफ्रि नाचेको थिए । प्रकाश सपुतले गलबन्दी च्यातियो तिमिले तानेर, आयो तेरो सर–बाटो खाली गर, अरेली काडैले मलाई च्वास्सै, कुरा बुझ्न पर्छ, डाडाघरे साइली, यो देश मेरो पनि होइन र, फुलमाया, बोल माया, मायाले मलाई पिर दियोलगाएतका थुप्रै गितहरु गाउनुभएको थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले तुलसीपुरका विद्यालयहरु पछिल्लो समय गुणस्तरिय बन्दै गएको बताउनुभयो । कार्यक्रमका प्रमुख अथितिसमेत रहनुभएको पार्धेले ज्ञानज्योती मावि झन् शिक्षाको हबका रुपमा विकास हुन थालेको बताउनुभयो । विगतमा जस्तो उच्च शिक्षा अध्ययनका लागी अहिले धेरै टाँढाटाँढा जानुपर्ने बाध्यता नरहेको उहाँले बताउनुभयो । ज्ञानज्योती माविका अग्रेजी शिक्षक मनोज केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको छ ।।